१२ श्रावण २०८१, शनिबार

सनराइज बैंकको वार्षिकोत्सव



सुखड । सनराइज बैंक लिमिटेड, सुखड शाखाले बुधबार विभिन्न कार्यक्रम सहित ११ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा रहेका सुस्त मनस्थितिका विद्यार्थीहरूका लागि छ थान काठको पलंग प्रदान गरेको छ ।
बैंकका शाखा प्रबन्धक सुरेन्द्र शाहीले विद्यालयका आवास गृह संयोजक जोहारीलाल जैशीलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार