१२ श्रावण २०८१, शनिबार

खेलाडी सम्मान कार्यक्रम हुदै



धनगढी । कैलाली जिल्ला खेलकुद विकास समितीले खेलाडी सम्मान, पुरस्कार वितरण तथा दशै मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कैलाली जिल्ला खेलकुद विकास समितीका अनुसार भोली (बिहीबार) खेलाडी सम्मान, पुरस्कार वितरण तथा दशै मिलन कार्यक्रम आयोजना हुने छ ।
कार्यक्रममा विभिन्न विधाका एक सय ८४ जना खेलाडीलाई सम्मान गरिने जिल्ला खेलकुद विकास समिती कैलालीका अध्यक्ष दिपक सिंहले बताए । उनले तीन जना प्रशिक्षक, तीन वटा संघसंस्था तथा तीन वटा क्लवलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार