११ श्रावण २०८१, शुक्रबार

मुख्यमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटघाट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि अष्ट्रेलियन राजदूत पेटर वडबीच मंगलबार शिष्टाचार भेट भएको छ ।
मुख्यमन्त्री भट्ट र राजदूत बडबीच मंगलबार दिउसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको थियो । भेटका क्रममा मुख्यमन्त्री र राजदूतबीच दुईपक्षीय हितका बारेमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा मुख्यमन्त्री भट्ट र राजदूत बडबीच अष्ट्रेलियन सरकारले सुदूरपश्चिम प्रदेशमा सहयोग गर्दै आएका विभिन्न परियोजनाहरूका बारेमा छलफल भएको र आगामी दिनमा पनि निरन्तर सहायता रहने जानकारी गराएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । राजदूत वडसँग डब्लुएफपीका नेपाल प्रतिनिधि पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार