१२ श्रावण २०८१, शनिबार

नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेशको संयोजकमा पन्त, सचिवमा रावल



टीकापुर । नेपाल रेडक्रस सोसाईटीले आफ्नो संरचनालाई संघिय संरचनामा लिने निर्णय संगै केन्द्रिय समितिको बैठकले ७ प्रदेशमा तदर्थ समिति गठन गरेको छ ।
नेपाल रेडक्रसको विधानको धारा २७ को १ वमोजिम प्रदेश नं. ७ (सुदुरपश्चिम) मा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । संयोजकमा कञ्चनपुरका केशवदत्त पन्त, सचिवमा कैलालीका बलवहादुर रावल रहेका छन् । सदस्यहरुमा बाजुराका दिलवहादुर बुढा, बैतडीका भिमदत्त पाण्डे, डोटीका लक्षीराम कुँवर, बझाङका खड्गवहादुर बोहरा, डडेल्धुराका शिवराज पन्त, बझाङका केशव खाती, डोटीका देववहादुर बोहरा रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा कैलालीका जीवन राना, दार्चुलाका दीपक अवस्थी,अछामका तरफवहादुर रावल, वैतडीका देवराज भट्ट, बाजुराका रम्भवहादुर शाही र कञ्चनपुरका थिरेन्द्रचन्द्र भट्ट रहनुभएको रेडक्रस केन्द्रीय समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार