घोडाघोडीमा नाली सरसफाई
सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा नाली सरसफाई कार्य शुरु गरिएको छ । नगरपालिकाका साडेपानी, सुखड, भालुफाटा र पहलमानपुर बजारमा नाली सरसफाई भइरहेको छ ।
घोडाघोडी उद्योग वाणिज्य संघको पहलमा नाली सरसफाई कार्य अगाडि बढाइएको छ । संघका अध्यक्ष जियालाल आचार्यले तीन चार दिनभित्र सबै नाली सरसफाई भइसक्ने बताए ।