१२ श्रावण २०८१, शनिबार

मेयर एसपीए कप भलिबल



धनगढी । धनगढीमा जारी अन्तर विद्यालय स्तरिय मेयर एसपिए कप छात्रा भलिवल प्रतियोगिताको उपाधी एसपिए कलेजले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा एसपीएले कैलाली बहुमुखी क्याम्पसलाई हराउँदै उपाधी जित्यो ।
विजेता एसपीएले २५ हजार रुपैयाँ तथा उपविजेता कैलाली बहुमुखी क्याम्पसले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । भने तेस्रो स्थान हासिल गरेको शारदा विद्या निकेतनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
प्रतियोगिता समापनका अवसरमा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले विजेता टिमलाई ट्रफी तथा पुरस्कार वितरण गरिन् ।
प्रतियोगितामा बेष्ट प्लेयरको ट्रफि एसपिएकी टिम क्याप्टेन सरस्वती जोशीले प्राप्त गरिन् । यसैगरी एसपिएकी निर्मला बोहरा वेष्ट स्किपर, कैलाली बहुमुखी क्याम्पसकी विन्दु ऐरी वेष्ट सर्भिसर र एसपिएकी पुष्पा बुडथापाले वेष्ट लिफ्टरको ट्रफि प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार