१५ मंसिर २०७९, बिहीबार

प्रादेशिक दलित सभा



धनगढी । धनगढीमा आइतबार ‘सामाजिक न्याय सहितको समृद्धिका लागि’ नाराका साथ प्रदेश स्तरीय दलित सभा भएको छ ।
डिग्नीटी इनिसिएटिभ र राष्ट्रिय दलित नेपालको आयोजना तथा अष्ट्रेलियन एडको सहयोगमा भएको सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर सुनारले दलित समुदायमाथिको विभेद अन्त्यका लागि समाजका सबै पक्ष एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरू उमा वादी, दुर्गा विक, र शान्ति नेपाली, शिक्षक गणेश नेपाली, तेजबहादुर पार्की लगायतले मन्त्व्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्