आन्दोलनको स्वरुप परिवर्तन गरिँदै धनगढी बन्द फिर्ता
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता भएको छ ।
धनगढीमा आज बसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । नेपालीका महान चाड दशैतिहार नजिकै आईरहेको र विद्यालयको पठनपाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको हो ।
तर, उनीहरुले आन्दोलन जारी रहेन स्वरुप परिवर्तन गरिने बताएका छन । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा धनगढीमा गरिएको आन्दोलन उग्र बन्दै गएको थियो ।
प्रदर्शनकारीहरु जवरजस्ती बजार बन्द गराउने, खुल्ला रहेका पसलमा ढुङगा हान्ने, गाली गर्ने, अटो रिक्साका चापी थुत्ने, हावा फुस्काईदिने लगायतका उच्छृङलख गतिविधिमा गर्दै आएका थिए ।
आईतवार मात्रै उनीहरुले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए ।