२५ जेष्ठ २०८०, बिहीबार

बलत्कारको अभियोगमा एक पक्राउ



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षिया बालिका बलत्कारको अभियोगमा एक जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिका–१ कि १४ वर्षिया बालिकालाई बलत्कारको अभियोगमा प्रहरिले कञ्चनपुरको त्रिभुवनबस्ती नगरपालिका ७ का १८ वर्षिया किरण बिकलाई पक्राउ गरेको हो ।
घरमा कोही नभएको अवस्थामा बालिका बलत्कारमा परेको उनका अभिभावकले जनाएका छन् । बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका बिकलाई थप अनुसन्धानका लागि जिल्ला चलान गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्