१२ मंसिर २०७९, सोमबार

सरकारी गाडी तोडफोड



धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिवको गाडीमा तोडफोड भएको छ ।
राजधानी गोदावरी सारेको विरोधमा आम हडताल घोषणा गरेका धनगढीबासीले काठमाडौबाट आईतबार धनगढी पुगेका मन्त्रालयका उपसचिव वीरेन्द्र केसीको गाडीमा तोडफोड गरेका हुन् ।
केसीलाई विमानस्थलमा लिन गएको टाटाको पिकअप गाडी बा१झ ९७०३ नम्बरको गाडीमा राजपुर नजिक आन्दोलनकारीले पछाडिबाट ढुङ्गा प्रहार गरेको जनाईएको छ ।
‘गाडीको पहाडीको पुरै सिसा फुटेको छ’ गाडीमा सवार उपसचिव केसीले भने ‘ढुङ्गा भित्र पस्न पाएन तर, सिसाका कारण सामान्य चोटपटक लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार