१२ श्रावण २०८१, शनिबार

जनस्वास्थ्य संघ निर्वाचन अन्तिम मतपरिणाम :अध्यक्षमा श्रीकृष्ण भट्ट, महासचिवमा महेश्र्वर श्रेष्ठ विजयी



काठमाडौं । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा श्रीकृष्ण भट्ट विजयी भएका छन्। संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले ५ सय २७ मत ल्याएका छन्।
संघमा नेपाली कांग्रेस निकटको पेशागत समूह र नेकपा निकट प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको हो।
त्यस्तै उपाध्यक्षमा कृष्णमान शाक्यले ५ सय ४६ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी सुदर्शन पौडेलले ४ सय १५ मत मत प्राप्त गरे। महासचिवमा महेश्वर श्रेष्ठले ५ सय ५६ मत, सचिवमा दिपेन्द्र खड्काले ५ सय १३ मत, कोषाध्यक्षमा विनोद जोशीले ६ सय ५० मत र सह कोषाध्यक्षमा सञ्जय शाहले ५ सय ४६ मत प्राप्त गरि विजयी भएका छन्।
स‌ंघको १५ पदका लागि भएको निर्वाचनमा पेशागत समूहले अध्यक्ष सहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ। प्रगतिशील समूहले भने सचिव र अरु तीन जना सदस्यमा जित हासिल गरेको छ।

(१)अध्यक्ष:श्री कृष्ण भट्ट:६०४;
डा.मोहन कृष्ण श्रेष्ठ:५२७
(२)उपाध्यक्ष:डा.कृष्णमान शाक्य:५४६;
शुदर्सन पौडेल:४१५;
बसन्त अधिकारी:१४२
(३)महासचिव:महेश्र्वर श्रेष्ठ:५५६,
चित्रजङ्ग शाही २८३,
अनिल सिग्देल:२६२,
डा.झलक शर्मा गौतम:४०
(४)सचिव:दिपेन्द्र खड्का:५१३,
रामानन्द पण्डीत:४२३,
राम कुमार श्रेष्ठ:१२१,
भानु पौडेल:३४,
(५) कोषाध्यक्ष:बिनोद जोशी:६५०,
रमेश भट्ट:३९७
(६)सह-कोषाध्यक्ष:सञ्जय शाह:५४६,
डा.नरेन्द्र:५०५

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार