११ श्रावण २०८१, शुक्रबार

पेन्टर भेटघाट



धनगढी । दिनेश इन्टरप्राइजेजको आयोजनामा शुक्रबार धनगढीमा पेन्टर भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
केएनपी जापान प्रालिको उत्पादन केएनपी कन्साई नेरोलक पेन्टबारे जानकारी दिने उद्देश्यले ‘केएनपी कलर मास्टर’ कार्यक्रमको गरिएको जनाइएको छ ।
कार्यक्रममा दिनेश इन्टरप्राइजेजका कार्यकारी प्रबन्ध निर्देशक श्याम हमालले राम्रोको लागि केएनपी पेन्ट रोज्न पेन्टरहरूलाई आग्रह गरे । उनले केएनपी पेन्टले अरू पेन्टको जस्तो स्वास्थ्यमा असर पनि नगर्ने गरेको दावी गरे ।
“तपाईहरूले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न आवश्यक छ,” उनले भने– “त्यसको लागि यो पेन्ट कलर रोज्नुहोस् ।” उनले दिनेश इन्टरप्राइजेजले कि राम्रो कि त बहुर्राष्ट्रिय उत्पादनलाई मात्रै भित्र्याउने गरेको जनाए ।
कार्यक्रममा केएनपी पेन्टसका प्रतिनिधि सुरजसिंह क्षेत्री, दिनेश ग्रुपका सिनीयर जीएम ओम पाण्डेय, केएनपीका बजार प्रतिनिधि शंकरबाबु भट्ट सहित पेन्टरहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार