अन्तरक्याम्पस छात्रा भलिवल शुरु
धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पसको आयोजना तथा धनगढी उपमहानगरपालिकाको सहयोगमा अन्तरक्याम्पस छात्रा भलिबल प्रतियोगिता शुक्रबार धनगढीमा शुरु भएको छ ।
प्रतियोगिताको उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले एक समारोहबीच उद्घाटन गरिन् ।
सो अवसरमा धनगढी उपप्रमुख मिश्रले खेलकुदको माध्यमबाट व्यक्तित्व विकास, अनुशासित तथा सफल हुनका लागि रणनीति बनाउन सहयोग गर्ने बताइन् । उनले महानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताइन् ।
शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई २५–१७, २५–१३ अंक अन्तरले पराजीत गरेको छ । पहिलो खेलमा सुदूरपश्चिमाञ्चलकी निर्मला बोहरा म्यान अफ दी म्याच घोषित भइन् ।
त्यस्तै, दोस्रो खेलमा शारदा विद्या निकेतनले धनगढी नमुना माध्यमिक विद्यालयमाथि २५–१६, २५–१८ अंक अन्तरले जीत हात पर्यो । दोस्रो खेलमा शारदा विद्या निकेतनका दर्शना बुढा मगर म्यान अफ दी म्याच घोषित भइन् ।
त्यस्तै, तेस्रो खेलमा कैलाली बहुमुखी क्याम्पसले शारदा माध्यमिक विद्यालयलाई २५–७, २५–१३ अंकले पराजीत गरेको थियो । तेस्रो खेलमा कैलाली बहुमुखी क्याम्पसका सुशीला रावत म्यान अफ दी म्याच घोषित भइन् ।
असोज १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: २५ हजार, १५ हजार र १० हजारसहित ट्रफ्री पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा धनगढी उपमहानगरपालिका अन्तर्गतका छ वटा टोलीको सहभागी रहेको छ ।