११ श्रावण २०८१, शुक्रबार

अभिभावकका लागि साथी/दौतरी शिक्षा तालिम



धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि साथी/दौतरी शिक्षा सम्वन्धि तालिम बिहीबार नवदुर्गा मावि धनगढीमा भएको छ ।
नेपाल सरकार, युएसआईडी र बहुउद्देश्य विकास समाजद्वारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सञ्चालित तालिम अभिभावकहरूलाई घरमा पढाई वातावरणलाई प्रवद्र्धन गर्न र नियमित रूपमा विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न तथा विद्यार्थी केन्द्रित शिक्षण सिकाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक र अभिभावक तथा शिक्षक र अभिभावकबीच नियमित छलफल गर्न सहयोग गर्न ज्ञानसीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।
तालिममा अभिभावकहरूलाई आफ्ना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिकाई र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्फ केन्द्रित गराउन ज्ञान र सीपका बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई धनगढीका विद्यालय निरीक्षक रामबहादुर शाहीले तालिमले कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूको पठन सीपमा पर्याप्त सहयोग पुर्‍याउने बताए ।
तालिम समापनमा विद्यालयकी शिक्षक पावनी महता, र सहभागी धना नेपाली तथा प्रेमकुमारी चौधरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका सरिता देवलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार