१२ श्रावण २०८१, शनिबार

जेष्ठ नागरिकका लागि बजार सम्बन्ध तालिम



धनगढी । धनगढीमा बिहीबार जेष्ठ नागरिकका लागि व्यवसाय योजना तथा बजार सम्बन्धबारे तालिम भएको छ ।
फाया नेपालको आयोजना तथा हेल्पएज इन्टरनेशनलको साझेदारीमा भएको तालिममा धनगढी उपमहानगरपालिकामा गठन भएको जेष्ठ नागरिक समूहबाट ऋण लिएर व्यवसाय शुरु गरेको ३१ जना जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।
परियोजना कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा लागू भएको कार्यक्रम संयोजक मीनबहादुर हुड्केले बताए ।
फाया नेपालका गंगा दुलालले सञ्चालन गरेको कार्यक्रममा पवन बोगटीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार