११ श्रावण २०८१, शुक्रबार

घोडाघोडी ताल क्षेत्रमा अजिंगर छोडियो



सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रमा बुधबार ५६ केजी तौलको अजिंगर छोडिएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरबाट उद्दार गरी ल्याएको अजिंगर ताल क्षेत्रमा छोडिएको हो ।
स्थानीय सीताराम चौधरीले च्याउ खोज्ने क्रममा श्रीराम सामुदायिक वनमा सो अजिंगर देखेका थिए । पछि इलाका वन कार्यालय सुखडको टोलीले अजिंगरलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार