१६ माघ २०७९, सोमबार

बालविवाह न्यूनीकरणबारे अभिमुखीकरण



लम्की । बालअधिकार र बालविवाह न्यूनीकरणबारे बाल क्लवका सदस्य र सरोकारवालाको सहभागितामा बुधबारदेखि लम्कीमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा नगर बालअधिकार संरक्षण तथा सम्बद्र्धन समिति लम्कीचुहाका पदाधिकारी, विभिन्न सामुदायिक विद्यालयका अभिभावक समितिका सदस्य, प्रधानाध्यापक, आमा समूह, महिला समूहका साथै बालबालिकाको क्षेत्रमा गठित संघसंस्था एवं विभिन्न समुदाय र सामुदायिक विद्यालयमा गठित बाल क्लवहरूका सदस्यहरूको सहभागिता रहेको छ ।
महिला विकास सञ्जाल कैलालीको आयोजना तथा गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा संस्थाका कैलाली संयोजक देवेन्द्र भण्डारी, गुड नेवर्स इन्टरनेशनलको बालबालिका कार्यक्रमका अधिकृत एकेन्द्र न्यौपाने, बाल अधिकारकर्मी रंगप्रसाद तिमिल्सैना, महिला अधिकारकर्मी गीता गड्तोला थापाले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्