११ श्रावण २०८१, शुक्रबार

निर्मला हत्या प्रकरण : छानविन समितिले भोलि प्रतिवेदन बुझाउँदै



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको छानविन गरेको समितिले मंगलबार प्रतिवेदन बुझाउने भएको छ। सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले मंगलबार प्रतिवेदन बुझाउन लागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानविन समिति गठन गरेको थियो। समितिले सोमबार प्रतिवेदन बुझाउने तयारी गरे पनि सार्वजनिक बिदा परेकाले मंगलबार प्रतिवेदन बुझाउने बताइएको छ।
समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो। समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार