११ श्रावण २०८१, शुक्रबार

केदार सहकारीको साधारण सभा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित केदार सहकारी संस्थाको अध्यक्षमा पुनः नन्दुसिंह ऐरी चयन भएका छन् । शनिबार धनगढीमा भएको पाँचौ साधारण सभाले उनको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
संस्थाको उपाध्यक्षमा सरिता कडायत, सचिवमा नारायण पन्थी, कोषाध्यक्षमा डिल्लीराज लेखक र सहसचिवमा जयदेव विष्ट चयन भएका छन् । भने सदस्यमा उमा खत्री, मोहन प्रसाद जोशी, पुष्पा भट्ट र इन्द्रा भण्डारी रहेका छन् ।
त्यस्तै, रमेशसिंह धामीको संयोजकत्वमा बलबहादुर चन्द, गजबहादुर ऐरी, राधा पनेरु, विष्णुदत्त जोशी, प्रेमराज भट्ट र गणेशबहादुर चन्द सदस्य रहेको सल्लाहकार समिति गठन भएको छ ।
त्यस्तै, जयदेव विष्टको संयोजकत्वमा रेणु बिष्ट र हिक्मत बिष्ट सदस्य रहेको लेखा समिति गठन भएको छ ।
यसअघि साधारण सभाको वडाध्यक्ष बलबहादुर ऐरले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार