२५ दिनदेखि एक बालक बेपत्ता
सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ४ गैडाखेडाका एक बालक बेपत्ता भएको २५ दिनसम्म पनि फेला परेका छैनन् ।
गत १२ गते रातीको समयमा आफ्नै घरबाट हराएका १४ वर्षीय होम प्रसाद न्यौपाने अझै परिवारको सम्पर्कमा नआएको उनकी दिदी रंगिता न्यौपानेले बताईन् ।
उनले भाईको खोजीको लागी ईलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएको बताइन् ।
इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज यज्ञराज जोशीले होमप्रसादको खोजी कार्य जारी रहेको बताए ।