११ श्रावण २०८१, शुक्रबार

कुखुरापालक संघ गठन



बौनिया । बर्दगोरिया गाउँपालिकामा कुखुरा पालक किसान संघको अध्यक्षमा विरेन्द्र ठाडा चयन भएका छन् ।
शनिबार बर्दगोरिया गाउापालिका वडा नम्बर १ बौनियामा भएको कुखुरा पालक किसानहरुको भेलाले ठाडासहित सर्वसम्मतीमा कार्यसमिति गठन गरेको जनाइएको छ ।
संघको उपाध्यक्षमा बिक्रम थापा, कोषाध्यक्ष कमला बिष्ट र सचिव तेजराज जोशी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा भद्र बहादुर शाही, कृष्ण बहादुर सिंजाली, खडक सिंह देउवा, शिव कुमार चौधरी, बृख बहादुर रोकाया, रमेश बहादुर बम र मिन बहादुर हमाल रहेका छन् ।
भेलाले भूमप्रसाद ओलीको संयोजकत्वमा सात सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार