१२ श्रावण २०८१, शनिबार

टोल सुधार समितिद्वारा रक्तदान



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित वनदेवी टोल सुधार सुरक्षा समितिको अयोजनामा शनिबार धनगढीमा रक्तदान कार्यक्रम भएको छ ।
सो अवसरमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आफुले अहिलेसम्म २७ पटक रगत दान गरिसकेको बताए । उनले धनगढीमा बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
बनदेबी टोल सुधार सुरक्षा समितिका अध्यक्ष मनिराम जोशीले नगर प्रमुख वडसंग आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार