१० श्रावण २०८१, बिहीबार

निष्ट–लिटिल फ्लावर लीग हुँदै



धनगढी । धनगढीमा आउँदो महिना निष्ट–लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट आयोजना हुने भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा कार्तिक २७ गतेदेखि सो प्रिमियर लिग सञ्चालन हुने शनिबार धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगितामा देशभरका १६ वटा विद्यालयको सहभागिता रहने बताए । प्रत्येक टिममा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक पा“च जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि समावेश गर्न सकिने छ ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैया पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार पा“च सय ५५ रुपैया पाउने उनले बताए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीले जनही पा“च हजार रुपैया पुरस्कार प्राप्त गर्ने उनले बताए ।
गत वर्ष भएको दोस्रो संस्करणमा विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैया पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं, लैनचौरस्थित निष्ट कलेज रहेको छ भने दोश्रो पुरस्कार प्रायोजक धनगढीस्थित गुरुकुल एकेडेमीले गरेको छ ।
त्यस्तै शम्भु पुस्तक भण्डार, मयूर बोर्डिङ स्कुल, सुलभ बुक्स एण्ड स्टेशनरी, ईमेज बुक्स एण्ड स्टेशनरी र मृग गार्मेन्टस् चटकपुरले पनि प्रायोजन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार