१६ माघ २०७९, सोमबार

जेसिज सप्ताह समापन



धनगढी । धनगढी जेसिजद्वारा सञ्चालित जेसिज सप्ताह शनिबार समापन भएको छ । सप्ताह भदौ २७ गतेदेखि शुरु भएको थियो ।
समापन कार्यक्रम प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लको प्रमुख आतिथ्यमा भएको थियो । समापन कार्यक्रम धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न प्रतियोगिताका विजेता खेलाडी, तथा टोलीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । जेसिज सप्ताहका क्रममा फुटसल, वक्तृत्वकला प्रतियोगिता, एक मिनेट शो लगायतका प्रतियोगिता भएका थिए ।
त्यस्तै, सप्ताहका क्रममा रक्तदान कार्यक्रम, सहारा घरलाई खाद्यान्न सहयोग, विद्युतिय रिक्सा व्यवस्थापन सम्बन्धी अन्न्तक्र्रिया पनि भएका थिए ।
उता, कैलालीको लम्कीमा लम्की जेसीजद्वारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम शनिबार नै समापन भएको छ ।
समापन कार्यक्रम जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापाको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्