१२ श्रावण २०८१, शनिबार

सिके राउतको अभिव्यक्तिविरुद्ध व्यापक प्रदर्शन



धनगढी । सिके राउतको अभिव्यक्ति विखण्डकारी भएको भन्दै शनिबार धनगढीमा वृहत प्रदर्शन भएको छ । सिकेले गत ३ गते ‘मधेश नेपाल होइन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
स्वत:स्फुर्त युवा समूह, धनगढीको अगुवाईमा निस्किएको विरोध र्‍यालीमा सिके रावतमाथि तत्काल कडा कारवाही गर्न माग गरियो ।
र्‍यालीमा अखण्ड नेपाल, विखण्डनकारीहरूलाई कारवाही, हिमाल पहाड तराई, कोई छैन पराई, सिके रावतको अभिव्यक्तिप्रति सरकार किन मौन ? लगायतका प्ले कार्ड प्रदर्शन भएका थिए ।
र्‍यालीपछि आयोजित कोणसभामा ऐश्वर्य विद्या निकेतन स्ववियू सभापति कमल बमले सिके रावतको अभिव्यक्तिले सबै नेपालीको मन दुखेको बताए । उनले मधेश पनि नेपालनै रहेको र मधेशलाई विखण्डन गर्न खोज्ने व्यक्तिलाई तत्काल कारवाही गर्न माग गरे ।
सहभागी ललित जोशीले नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथिनै आक्रमण हुने अभिव्यक्ति दिँदा समेत सरकारले कुनै कदम नचालेकोमा खेद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार