१२ श्रावण २०८१, शनिबार

महिलाका लागि आत्मरक्षा शिविर



धनगढी । धनगढीमा महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन हुने भएको छ ।
राष्ट्रिय गोजुरियो कराते दो संघको आयोजनामा असोज २० गतेबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी सात दिने शिविर हुने भएको छ ।
ओरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद् र क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन हुने शनिवार धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो अवसरमा संघका महासचिव प्रकाश चन्दले महिलामाथि हुने हिंसा र बलात्कार लगायतका घटना न्यूनिकरणमा शिविर सहयोगी हुने विश्वास व्यक्त गरे । शिविरमा प्रदेश ७ का एक हजार बढी महिलाको सहभागिता रहने जनाइएको छ ।
सहभागी एक हजार महिलामध्येबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूमार्फत प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन हुने छ ।
महासचिव चन्दले शिविरमा बलात्कृत महिलादेखि तेस्रो लिंगी पनि सहभागी हुने बताए ।
ओरेक नेपालका संयोजक विनु रानाले यो शिविरलाई अन्य प्रदेश र प्रत्येक स्थानीय तहमा विस्तार गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार