१४ मंसिर २०७९, बुधबार

जेसिज सप्ताहमा वक्तृत्वकला



धनगढी । धनगढी जेसिजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसकी पदमा जोशी प्रथम, विमला जोशी द्वितीय र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसकी करिश्मा विष्ट तृतीय भएकी थिइन् ।
धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा जवानी जोशी, दलबहादुर ओली, कैलाश दाहाल निर्णायक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्