११ श्रावण २०८१, शुक्रबार

प्रदेश सभा बैठक : मुख्यमन्त्रीको राजीनामा माग



धनगढी । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको राजीनामा माग गरिएको छ । नेपाल काँग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेका हुन् ।

त्रिलोचन भट्ट
मुख्यमन्त्री
प्रदेश नम्बर ७

शुक्रबारको बैठकमा सांसद मल्लले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको दुई महिना पुगिसक्दा पनि प्रदेश सरकारको कुनै भूमिका नरहेको भूमिका नरहेको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरे ।
प्रदेश सभा सदस्य मल्लले भने– “वास्तविक अपराधिलाई पत्ता लगाउन छोडेर अनुसन्धानका नाममा सर्वसाधारणलाई यातना दिँइदै छ । जनता सडकमा छन्, प्रदेशका मुख्यमन्त्रीको भुमिका खोई ?” सांसद मल्लले सरकारले एसपी डिल्लीराज विष्टलाई मात्र निलम्बन गरेर न्यायको साटो जनताका आँखामा छारो हाल्ने काम गरेको आरोप लगाए ।
शुक्रबारको प्रदेश सभा बैठकमा दुई वटा विधेयक पारित भएका छन् । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरियोस् भनी पेस गरेको प्रस्ताव प्रदेश सभा बैठकले पारित गरेको हो ।
त्यस्तै आन्तरीक मामिला तथा कानून मन्त्री शाहले नै प्रस्तुत गरेको प्रदेश ७ प्रदेश सभा नियमावली, २०७४ को नियम ७४ बमोजिम पर्न आएको निवेदन प्रदेश सभा बैठकले सर्वसम्मतीले पारीत गरेको छ । त्यसअघि बैठकमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले प्रदेश ७ प्रदेश सभा नियमावली, २०७४ को नियम ७४ सयुक्त निवेदन आवश्यक सशोधन सहित प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार