१२ श्रावण २०८१, शनिबार

प्रदेश इञ्चार्जमा भीम रावल अध्यक्षमा कर्ण थापा




धनगढी ।
नेपाल कम्यूनिष्ट पार्टीको शुक्रबार काठमाडौंमा बसेको सचिवालय बैठकले सातबटै प्रदेशका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको छनौट गरेको छ ।
सचिवालयको निर्णयानुसार सात नम्बर प्रदेशको इञ्चार्जमा भीमबहादुर रावल छानिएका छन् । यस्तै, सहइञ्चार्जमा लक्ष्मणदत्त जोशी, अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा नेपबहादुर चौधरी छानिएका छन् ।
यस्तै, एक नम्बर प्रदेश इञ्चार्जमा भीम आचार्य, सहइञ्चार्जमा साबित्रीकुमारी काफ्ले, अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशबहादुर राई छानिएका छन् । दुई नम्बर प्रदेशको इञ्चार्जमा सत्यनारायण मण्डल, सहइञ्चार्ज विश्वनाथ साह, अध्यक्षमा प्रभू साह र सचिवमा सुमन प्याकुरेल छानिएका छन् । तीन नम्बर प्रदेश इञ्चार्जमा अष्टलक्ष्मी शाक्य, सहइञ्चार्ज नारायण दाहाल, प्रदेश अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्द पोख्रेल छानिएका छन् ।
गण्डकी प्रदेश इञ्चार्जमा पृथ्वीसुव्वा गुरुङ, सहइञ्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली छानिएको नेकपा स्रोतको भनाइ छ । पाँच नम्बर प्रदेश इञ्चार्जमा शंकर पोख्रेल, अध्यक्षमा ओनसरी घर्ती, सहइञ्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा छानिएको छ ।
यस्तै, कर्णाली प्रदेश इञ्चार्जमा जनार्दन शर्मा, सहइञ्चार्जमा यमलाल कंडेल अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार