१२ श्रावण २०८१, शनिबार

उसु खेलाडी ठकुल्लालाई सम्मान



धनगढी । कैलाली उसु क्वान, मनेहराले उसु खेलाडी पदमबहादुर ठकुल्लालाई सम्मान गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा खेलाडी ठकुल्लालाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरियो ।
इन्डोनेसियाको जकार्तामा भएको १८ औं एसियन खेलमा सहभागी भएर राम्रो खेल प्रदर्शन गरेको ठकुल्लालाई सम्मान गरिएको कैलाली उसु क्वानका उपाध्यक्ष ताराप्रसाद अग्रवालले जानकारी दिए ।
खेलाडी ठकुल्लालाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
खेलाडी ठकुल्लालाई उपाध्यक्ष भूषालले तीन हजार रुपैया पुरस्कार तथा स्पोर्ट्स सु प्रदान गरेका थिए ।
कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल, कैलाली जिल्ला कार्यालय प्रमुख टोपबहादुर विष्ट, खेलकुद विकास समितिका सदस्यहरु तथा खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार