१४ मंसिर २०७९, बुधबार

जेसिज सप्ताहमा रक्तदान



धनगढी। धनगढी जेसिजको आयोजनामा जारी जेसिज सप्ताह अन्तरगत बिहिबार रक्तदान कार्यक्रम भएको छ ।
सो अवसरमा ७० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिले रक्तदान गरेका थिए । जेसिज एभरेष्ट स्कुलका पूर्व विद्यार्थीहरुको संयोजन तथा निसर्ग अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको धनगढी जेसिजका उपाध्यक्ष श्याम पाठकले जानकारी दिए ।
सेसिज सप्ताह अन्तरगत आज (शुक्रबार) क्याम्पस स्तरिय वक्तृवकला प्रतियोगिता आयोजना हुने उनले बताए ।
उता, लम्की जेसिजको सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन बिहीबार भाषण कला कार्यक्रम भएको छ ।
कार्यक्रम कार्यक्रम संयोजक ललित देउवाको अध्यक्षता तथा लम्की बहुमुखी क्याम्पसका अध्यक्ष बखतबहादुर विष्टको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अवसरमा कार्यक्रमका मुल संयोजक वविता पाण्डे, लम्की बहुमुखी क्याम्पस स्ववियु सभापति ललित जैशी, जुगराम चौधरी, विरसिंह महरा, रामबहादुर बोगटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन लम्की जेसिजका कार्यकारी उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्