१२ श्रावण २०८१, शनिबार

फुटसल हाउस सञ्चालनमा



धनगढी । कैलालीको धनगढीमा फुटसल हाउस सञ्चालनमा आएको छ । फल्याट ल्याण्ड समूहको पहलमा बिहीबारदेखि हाउस सञ्चालनमा आएको हो ।
हाउसको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड र उद्योगी गोपालबहादुर हमालले संयुक्त रूपमा उद्घाटन गरे ।
फल्याट ल्याण्डस समूहका सल्लाहकार रोशन भट्टले बजार क्षेत्रमा खेल मैदानको अभाव भइरहेको बेला फुटसल राम्रो विकल्प रहेको बताए ।
फुटसल हाउस निर्माणमा हालसम्म ६६ लाख रूपैयाँ लगानी भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार