२१ असार २०८३, आइतबार

संविधान दिवसमा वृक्षारोपण



लम्की । संविधान दिवसका अवसरमा बुधबार लम्की जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा रहेको कैलाशधाम तीर्थस्थल परिसरमा विभिन्न प्रजातिका एक सय बढी बोट रोपिएको जनाइएको छ ।
सो अवसरमा कार्यक्रम संयोजक नेत्रप्रसाद जैशी, लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भक्तबहादुर चलाउने, विश्व हिन्दू एकता परिषद्, कैलाशधाम तीर्थस्थलका अध्यक्ष लक्ष्मीराम रिमाल, वडा सदस्य प्रेम चौधरी, जेसी जुगराम चौधरी, लम्की जेसीजका अध्यक्ष रामबहादुर बोगटी, ललित जैसी, वीरेन्द्र शाही, अनिता न्यौपाने, जेसिजका महासचिव ललित देउवा, जेसीजका मिडिया संयोजक देवानन्द न्यौपाने लगायतले वृक्षारोपण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार