१२ श्रावण २०८१, शनिबार

प्रदेश सभा बैठक स्थगित



धनगढी । मंगलबार बोलाइएको प्रदेश नम्बर सातको प्रदेश सभा बैठकमा प्रदेश सरकारका एक जनामन्त्री पनि उपस्थित नभएपछि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार सत्तापक्षका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभा बैठकमा एक जना मन्त्री पनि उपस्थित नहुने निवेदन सचिवालमा दर्ता गराएपछि मंगलबार एक बजे डाकिएको बैठक स्थगित गरिएको हो ।
प्रदेश ७ सरकारका सबै मन्त्रीहरू अस्थायी राजधानी धनगढी बाहिर रहेकोले प्रदेश सभाको बैठक स्थगित गर्नु परेको प्रदेश ७ को संसद सचिवालयले जनाएको छ ।
प्रदेश सभा नियमावलीमा संसद सञ्चालनका लागि कम्तिमा एक जना मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने प्राबधान रहेको छ । प्रदेशमा सात जना मन्त्री रहेका छन् ।
तर, मंगलबारको बैठकमा एक जना मन्त्री पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरी अर्को बैठक यही असोज ५ गते एक बजे तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार