१६ माघ २०७९, सोमबार

ब्राउनसुगरसहित दुई पक्राउ



धनगढी । कैलालीको भजनीबाट अवैध ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय भजनी र शसस्त्र प्रहरीको सयुक्त टोलीले गस्तीका क्रममा भजनी नगरपालीका–३ स्थित कुसुमघाटबाट बर्दगोरिया गाउँपालिका–१, बौनियाका १९ वर्षिय श्रीराम भट्ट र सोही ठाउमा १७ वर्षिय बिक्की भनिने यज्ञ कुँवरलाई ६ थैली अवैध ब्राउनसुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र पक्राउ परेकालाई अवैध लागूऔषध ओसारपसार कारोबार ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्