१४ माघ २०७९, शनिबार

मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुरु



धनगढी । कैलालीको धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।
जेसिज सप्ताह कार्यक्रम अन्तर्गत धनगढी जेसिज, लेडी र जुनियर जेसिजको संयुक्त आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको धनगढी जेसिजका पूर्वाध्यक्ष सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए । धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
मंगलबार पहिलो दिन आयोजक धनगढी जेसिज र रोटर क्लब बीच मैत्रीपूर्ण खेल भएको थियो । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको जेसिज सप्ताह मूल समारोह समितिका संयोजक श्याम पाठकले जानकारी दिए ।
यस्तै, धनगढी जेसिजले असोज ४ बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । रक्तदान कार्यक्रममा उपस्थित हुन सबैमा अध्यक्ष ओझाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्