१२ श्रावण २०८१, शनिबार

नेपाल आणविक हतियारको पूर्ण विपक्षमाः परराष्ट्रमन्त्रीज्ञवाली



काठमाडौं । विनाश निम्ताउने आणविक हतियारको पूर्ण विपक्षमा रहेको नेपाल सरकारले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको सम्मेलनलाई अष्ट्रियाको भियनामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मापदण्ड भन्दा विपरित नेपाल नजाने स्पष्ट पार्नु भएको हो । एजेन्सीको मापदण्ड बमोजिम परमाणु हतियारको उपयोगको पक्षमा नेपाल रहेको मन्त्री ज्ञवालीको भनाई थियो । नेपाल जस्तो विकासोन्मुख मुलुकले परमाणु विज्ञानलाई प्रविधिको विकास, क्षमता अभिवद्धिमा प्रयोग गर्नुपर्ने धारणा राख्दै उहाँले सम्मेलनका क्रममा परमाणु उर्जा एजेन्सीका कार्यवाहक महानिर्देशक मेरी एलिस हेयवार्डसँग द्धिपक्षिय भेट गर्नुभएको छ । भियनामा आयोजित सम्मेलन पछि मन्त्री ज्ञवाली बेल्जियमको ब्रसेल्स पुग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार