१४ मंसिर २०७९, बुधबार

उपप्रधानमन्त्री यादवको विरोध गर्ने आशंकामा सीके राउतका ६ कार्यकर्ता पक्राउ



राजविराज — सप्तरीको राजविराज, कञ्चनपुर र भारदहलगायतका स्थानबाट प्रहरीले मंगलबार सीके राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको कार्यक्रमलाई लक्षित गरि राउतका कार्यकर्ताले बिरोधको कार्यक्रम गर्ने सूचनापछि उनीहरुलाई पक्राउ गरिएको हो।

राउतका सप्तरी संयोजक सुरेन्द्र मधेशीसहितका कार्यकर्तालाई पक्राउ गरिएकाे हाे। यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउपछि प्रहरी नियन्त्रणमा रहेका राउत समूहका कार्यकर्ता रामविनय यादवको मृत्युपछि कार्यकर्ताहरु उपप्रधानमन्त्री यादवप्रति आक्रामक बनेका छन्।

फोरम अध्यक्ष समेत रहेका यादव मंगलवार दिउसो २ बजे राजविराजमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउँदैछन्। सप्तरी प्रहरीले राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्तालाई पक्राउ गरेको पुष्टि गरेको छ। पछिल्लो समय सप्तरीमा रावत समूह कार्यकर्ताले खुल्ला रुपमा देश बिखण्डनका कार्यक्रमहरु गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्