११ श्रावण २०८१, शुक्रबार

निर्मला हत्या प्रकरण : एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो



काठमाडौं । निर्मला पन्त बलात्कार र हत्या घटनाकोअनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ। पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर लागेकी छन्।
१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार