१२ श्रावण २०८१, शनिबार

निर्मलाका निम्ति न्याय अभियान : विरोध प्रदर्शन जारी



धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरका बालिका निर्मलालाई न्याय दिलाउन तथा घटनामा संलग्न दोषिलाई कानूनी कारवाहीको दायरमा ल्याउन नागरिक दवाव बढ्दै गएको छ ।
सोमबार पनि कैलाली, कञ्चनपुर सहित मुलुकका विभिन्न भागमा घटनाको विरोधमा प्रदर्शन तथा सभा भएका छन् ।
धनगढीमा नागरिक समाज, सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसनसहितका संस्थाको पहलमा सोमबार दिउसो विरोध प्रदर्शन भएको छ । धनगढी पार्कचोकबाट शुरु भएको विरोध र्‍याली ट्राफिक चौराहमा पुगेर टुंगिएको थियो ।
त्यस्तै, कैलालीको बर्दगोरिया गाउँपालिका, बौनियामा पनि विरोध प्रदर्शन भएको छ । बर्दगोरियाको वडा नम्बर १, बौनियास्थित नोबेल माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूको पहलमा प्रदर्शन भएको थियो ।
र्‍यालीपछि आयोजित कोणसभामा घोडाघोडी बहुमुखी क्याम्पस, स्ववियु सभापपति जीवन बिसी, व्यावसायी चेतराज भट्ट, विद्यार्थी रमेश भूल, महेन्द्र सञ्ज्याल लगायतले निर्मला हत्या घटनामा संलग्न दोषिलाई चाढो पक्राउ गर्न सरकारसँग माग दोहोराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार