९ जेष्ठ २०८१, बुधबार

जेटी कप क्रिकेट हुने



बौनिया । २०७२ सालबाट नियमित रूपमा सञ्चालन हुँदै आइरहेको जेटी कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण मंसिर १ गतेबाट सुरु हुने भएको छ ।
आइतबार जगततारा इंग्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रममा सो कुराको जानकारी दिइयो ।
कैलालीमा रहेका विभिन्न विद्यालयको सहभागिता रहने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउने अवसर पाउने छन् । यस वर्ष विजेता टिमलाई ६१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
आयोजकले यस वर्ष कैलालीका २४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने अनुमान गरेको छ । प्रतियोगिता सञ्चालनमा चार लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक एवं जगततारा विद्यालयका संस्थापक एकेद्र मल्लले बताए ।
यसैगरी प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । राजेन्द्र रावललाई प्रचारप्रसार, पदमराज ओझा प्रवक्ता, विकास मल्ल आर्थिक संयोजक, प्रमोद आचार्य खेल सामाग्री व्यवस्थापक र रविन रिजाललाई खेल मैदान व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार