१२ श्रावण २०८१, शनिबार

गीतालाई उमा सिंह पत्रकारिता पुरस्कार



काठमाडौं । सञ्चारिका समूहबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । समूहले २०७४ सालको स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार अछामका पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ ।
सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहामगरलाई प्रदान गरेको छ ।
समूहले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार गाहामगरले हिमाल खबर पत्रिकामा लेखेका ‘समाज नै संवेदनाहीन’ फिचरको लागि दिइएको हो । सो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।
छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत र सञ्चारिका समूहका संस्थापक अमृता लम्साल रहेका थिए ।
स्वर्गीय पत्रकार उमा सिंहको नाममा २०६६ सालमा स्थापना गरिएको सो पुरस्कारको राशि सात हजार एक सय ११ रुपैयाँ रहेको छ ।
त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार पत्रकार वर्षा शाह र शिल्पा कर्णलाई प्रदान गरेको छ ।
सञ्चारिका समूहको सातौं महाधिवेशन र २२ औंं वार्षिक साधारण सभाका अवसरमा आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार