२३ माघ २०७९, सोमबार

रिक्सा व्यवस्थापन सम्बन्धी प्रशिक्षण



धनगढी । धनगढी जेसिजले आइतबार धनगढी बजारभित्र देखिएको विद्युतीय रिक्सा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।
जेसिज सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक र विद्युतीय रिक्सा चालकहरूलाइ प्रशिक्षण दिएको हो । चालकलाई कैलाली जिल्ला ट्राफिक प्रमुख अनिलकुमार उप्रेतीले प्रशिक्षण दिएका थिए .
जेशिज धनगढीका अध्यक्ष यज्ञराज ओझाको अध्क्षतामा भएको कार्यक्रममा जनार्दन बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी महासचिव सत्यराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्