१२ श्रावण २०८१, शनिबार

जेसिज सप्ताह शुरु



धनगढी । धनगढी जेसिजको आयोजनमा शनिबारदेखि जेसिज सप्ताह, २०१८ शुरु भएको छ । जेसिज सप्ताह कार्यक्रम एक सातासम्म चल्ने आयोजकले जनाएको छ ।
जेसिज सप्ताहको पहिलो दिन शनिबार धनगढी जेसिजले धनगढी उपमहानगरपालिकाको विकासबारे नगर प्रमुख नृपबहादुर वडसँग अन्तरक्रिया गरेको छ ।
धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष श्याम पाठकले जेसिज सप्ताहका क्रममा अनाथ आश्रमलाई सहयोग, रक्तदान, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार