१२ श्रावण २०८१, शनिबार

थाकस अध्यक्षमा पुन: लाहुराम



धनगढी । थारू कल्याणकारिणी सभा (थाकस) कैलालीको अध्यक्षमा पुन: लाहुराम चौधरी चयन भएका छन् । शनिबार समापन भएको थाकसको आठौं जिल्ला अधिवेशनबाट लाहुरामलाई सर्वसम्मतीले पुन: अध्यक्षमा चयन गरेको जनाइएको छ ।
अध्यक्ष लाहुराम टीकापुर घटनामा संलग्न भएको आरोपमा हाल कैलाली कारागारमा बन्दी रहेका छन् ।

लाहुराम चौधरी

अधिवेशनले उपसभापतिमा माधव चौधरी, सचिवमा देशराम चौधरी, सहसचिवमा सीता चौधरी, कोषाध्यक्षमा एन्जल चौधरी चयन गरेको छ । त्यस्तै सदस्यहरूमा बिनिता चौधरी, सविता चौधरी, वीरबहादुर चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी, तारा चौधरी चयन गरेको छ ।
त्यस्तै, अधिवेशनले केन्द्रीय पार्षदमा गंगादेवी चौधरी, जनकराज चौधरी, केवालाल चौधरी, जगतबहादुर चौधरी, रामकुमारी चौधरी, पुरनप्रसाद चौधरी, सुशीला चौधरी, कृष्णकुमार चौधरी, प्रभातकुमार चौधरी र फोनीराम चौधरीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार