१२ श्रावण २०८१, शनिबार

कञ्चनपुर घटना अनुसन्धानमा लापरवाही गर्ने ५ प्रहरी अधिकृत निलम्वनमा



धनगढी । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लापरवाही गरेको भन्दै गृह मन्त्रालयले थप पाँच जना प्रहरी अधिकृतहरूलाई निलम्वन गरेको छ ।
सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्च स्तरीय छानविन समितिले शनिबार गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन बुझाएपछि उनीहरूलाई निलम्वन गरेको हो ।
गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा ती प्रहरी अधिकृतहरूले अनुसन्धान कार्य जिम्मेवारीपूर्वक नगरेकाले निलम्वन गर्नुपर्ने प्रतिवेदनको सुझावअनुसार ती अधिकृतलाई निलम्वन गरी कारवाही चलाउन लागिएको हो ।
निलम्वनमा पर्नेमा प्रहरी नायव उपरीक्षकहरू ज्ञानबहादुर सेठी, अंगुर जीसी, प्रहरी निरीक्षकहरू जगदिश भट्ट, एकेन्द्र खडका, प्रहरी सहायक निरीक्षक रामसिंह धामी छन् । प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई गृह मन्त्रालयले यसअघि नै निलम्वन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार