११ श्रावण २०८१, शुक्रबार

सर्पको टोकाईबाट एकको मृत्यु



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा सर्पको टोकाईबाट बुधबार राति एक जनाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–६ का ५५ वर्षीय झंकर साउँदको सर्पदंशबाट मुत्यु भएको प्रहरीले बताएको छ ।
बाख्रा फर्ममा सुतिरहेका झंकरलाई बुधबार राति ११ बजे सर्पले टोकेका थियो । उपचारका लागि धनगढीको सेती अञ्चल अस्पताल पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको सेती अञ्चल अस्पतालको आकस्मिक वार्ड इञ्चार्ज कृष्ण बोहराले जानकारी दिए ।
सर्पले टोकेपछि उनको उपचारका लागि बढैपुरस्थित नेपाली सेनाको उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिहान सेती अञ्चल अस्पताल ल्याइएको थियो । सर्पले उनको हातको दाँया औंलामा टोकेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार