१२ श्रावण २०८१, शनिबार

अब विदेशमा गराएको उपचार खर्च सरकारले नव्यहोर्ने



काठमाडौँ । विदेशमा उपचार गराउनेको खर्च सरकारले नब्यहोर्ने गरी बन्न लागेकाे कानुन अन्तिम चरणमा पुगेकाे छ । सरकारले संसद्‌मा पेश गरेको जनस्वास्थ्य सम्बन्धी विधेयकमा बैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने गरी परिमार्जित बिधेयक तयार भएको छ ।
संसदको शिक्षा र सवास्थ्य समितिले बैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने गरी परिमार्जित विधेयक तयार गरेको हो। विधेयकको प्रतिवेदन बिहीबार संसदमा पेश हुँदैछ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’
त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था प्रतिवेदनमा थप गरेको छ। ‘तोकिएको समय बाहेकको समय कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अन्यत्र सेवा गर्न चाहेमा सम्बन्धित निकायको पूर्व स्वीकृति लिनु पर्नेछ,’ प्रतिवेदनमा उल्लेख छ।
कुनै अस्पतालले अर्को विस्तारित अस्पताल खोल्न समेत यो सिमितिको परिमार्जित प्रतिवेदनले खुला गरेको छ। स्वास्थ्य संस्थाले उपलब्ध स्रोतसाधन र जनशक्तिको आधारमा आवश्यकता अनुसार सेवा विस्तार गर्न सकिने प्रावधान थप गरेको छ।

-इकान्तिपुर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार