३१ बैशाख २०८१, सोमबार

कष्टमेटिक पसलमा चोरी



धनगढी । धनगढीको मुख्य बजार एलएन चौकको एक कस्मेटीक पसलमा मंगलबार राति चोरी भएको छ ।
बैष्णवी कस्मेटी एण्ड गिफ्ट पसलमा मंगलबार राति सटरको ताला तोडेर ५० हजार नगद तथा अढाई लाख रुपैयाँ मूल्यका सामान चोरी भएको बताइएको छ ।
वडा प्रहरी कार्यालय, धनगढीका इञ्चार्ज वकिलबहादुर सिंहले चोरीबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार