३० बैशाख २०८१, आईतवार

बालबालिकालाई कुलतबाट जोगाउन अभिमुखीकरण



धनगढी । बालबालिकाहरूलाई कुलतबाट बचाउन धनगढी उपमहानगरपालीकाका विद्यालयहरूमा प्रहरीले अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
धनगढी उपमहानगरपालीकाको समन्वय तथा युवा शान्ति परिषद् र जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा प्रहरीसँग एक दिन अभियान अन्तर्गत अभिमूखीकरण कार्यक्रम अघि बढाइएको जनाइएको छ ।
बालबालिकामाथि हुने हिंसा, बलात्कार, लागूऔषध दुव्र्यसन गर्ने बालबालिकाको संख्या बढेको भन्दै विद्यालय तहमा अभिमुखीकरण सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
एक दिन प्रहरीसँग अभियान अन्तर्गत आइतबार धनगढीको नवदुर्गा माध्यमिक विद्यालयका बालबालिकाहरूसँगको अभिमूखीकरण कार्यक्रममा नगर प्रमुख वडले कुलतमा लागेकालाई बचाउने सबैको दायित्व भएको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक सीताराम बिष्टले दुव्र्यसनमा लाग्ने बालबालिकाहरूको तथ्यांक बढेको बताए ।
युवा शान्ति परिषद कैलालीका संयोजक प्रेम ढुंगानाले अहिलेसम्म धनगढी उपमहानगरपालिकाका ६ वटा विद्यालयमा अभिमुखीकरण सञ्चालन गरिसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार